होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाल्पाबाट चितुवाको छालासहित दुईजना पक्राउ
समाचार

पाल्पाबाट चितुवाको छालासहित दुईजना पक्राउ

  • नागरिक रैबार
पाल्पाबाट चितुवाको छालासहित दुईजना पक्राउ

२७ साउन, पाल्पा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् ।

रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्‍ने स्थानबाट उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला बरामद गरेको छ ।

मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकललाई लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङ र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा उक्त छालासहित फेला पारेको प्रहरीको दाबी छ ।

विज्ञापन

पक्राउ परेका उनीहरुलाई थप अनसुन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै