होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • केपी र माधव दुबैलाई पन्छाउने सपना
पत्रपत्रिका

केपी र माधव दुबैलाई पन्छाउने सपना

  • नागरिक रैबार
केपी र माधव दुबैलाई पन्छाउने सपना

काठमाडौं । नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तरसंघर्षका क्रममा युवा पुस्ताका नेताहरु छेड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ ।

केपी शर्मा ओली र माधव नेपालबीच उत्पन्न विवाद समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे एमालेलाई विभाजित हुन नदिन जुनसुकै जोखिम उठाउन तयार रहेको बताइन्छ ।

पाण्डे र रावल माधव नेपाललाई समेत समेटेर पार्टी एकता पुनस्र्थापित गर्ने प्रयासरत रहेको , माधव नेपालले केपी ओलीसँग एकीकृत भएर अगाडि बढ्न नचाहेकोले उनीहरु सकसमा परिरहेको छन् ।

विज्ञापन

माधव नेपाल छुट्टै पार्टी गठन गर्ने योजनामा भएको बुझेपछि पाण्डे, रावल र योगेश भट्टराईले पार्टी विभाजनका निम्ती माधव नेपाललाई साथ नदिने निर्णय पुगेका थिए । माधव नेपाललाई नलिएर ओलीसँग भए आगामी निर्वाचनमा टिकट पाउने होइन कि भन्ने माधव पक्षका नेतामा चिन्ता छ ।

माधव नेपाललाई छोड्ने हो भने केपी ओलीलाई पनि पन्छाएर नयाँ पुस्ताले पार्टीको कमाण्ड सम्हाल्न उपयुक्त हुने सोच उत्पन्न भएको छ । पछिल्लो समयमा सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताबीच केपी र माधव दुबैलाई पन्छाएर पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको बुझिएको छ । यो समाचार घटना र विचार साप्ताहिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार