होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • २ थान हतियारसहित ३ जना पक्राउ
अपराध

२ थान हतियारसहित ३ जना पक्राउ

  • नागरिक रैबार
२ थान हतियारसहित ३ जना पक्राउ

सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनीहरु ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ बाट २ थान पेस्तोल, १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए अनुसार बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा हातहतियार सहित भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रहमपुरीबाट खटेको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुलाई हातहतियार सहित पक्राउ गरेको छ ।

विज्ञापन

पक्राउ परेका आरोपितमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार