होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैनः माधव नेपाल
समाचार

अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैनः माधव नेपाल

  • नागरिक रैबार
अदालतलाई प्रभाव पार्नेगरी सहमति हुँदैनः माधव नेपाल

२७ असार, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् । एकताको प्रयास जारी रहेका बेला नेता नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताए ।

‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।

नेपाल तर्फका कार्यदल सदस्यहरु कोटेश्वरबाट फर्किएपछि सिंहदरबारमा कार्यदलको बैठक जारी छ । कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् ।

विज्ञापन

तर नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार