धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमाले(माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरिएको छ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन।
‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई बिसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सह–संयोजक कर्णबहादुर थापालाई विधानको धारा ४९ को(क) को १ देखि ७ र १४ तथा धारा ५९ बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफरिस गरिएको छ।’ रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै कञ्चनपुरका जिल्ला पार्टी सदस्य रहेका राजेन्द्र रावलले पार्टीको विधान विपरित विभिन्न कार्य गरेकाले उनलाई त्यस्तो कार्य नगर्न निर्देशित गरिएको समेत पत्रकार सम्मलेनमार्फत जनाइएको छ।
धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमाले(माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरिएको छ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन।
‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई बिसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सह–संयोजक कर्णबहादुर थापालाई विधानको धारा ४९ को(क) को १ देखि ७ र १४ तथा धारा ५९ बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफरिस गरिएको छ।’ रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै कञ्चनपुरका जिल्ला पार्टी सदस्य रहेका राजेन्द्र रावलले पार्टीको विधान विपरित विभिन्न कार्य गरेकाले उनलाई त्यस्तो कार्य नगर्न निर्देशित गरिएको समेत पत्रकार सम्मलेनमार्फत जनाइएको छ। दिनेशखबरबाट
फेसबुक प्रतिक्रियाहरु