होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • मालिका नमुना माविका किसोरीलाई सेनेटरी प्याड सहयोग
Breaking News

मालिका नमुना माविका किसोरीलाई सेनेटरी प्याड सहयोग

  • नागरिक रैबार
[sharethis-inline-buttons]
मालिका नमुना माविका किसोरीलाई सेनेटरी प्याड सहयोग

नागरिक रैबार/बाजुरा २४ मंसिर। सदरमुकाम मार्तडी स्थित मालिका नमुना माद्यमिक विद्यालयका किसोरीहरुलाई सेनेटरी प्याड सहयोग गरिएको छ ।

कोइकाको आर्थिक सहयोग तथा पिसविन बाजुराद्धारा संचालित महिनावारी स्वच्छता व्यवस्थापन (एमएचएम) परियोजनाद्धारा मालिका माविमा अध्ययनरत किसोरीहरुका लागि सेनेटरी प्याड वितरण गरिएको हो ।

लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा मालिका माविमा आयोजना गरिएको बाजुरा जिल्ला व्यापी बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारी मार्फत मालिका माविका किसाेरीहरुका लागि एमएचएम परियोजनाले  ४ सय पिस सेनेटरी प्याड सहयोग गरेको एमएचएम परियोजनाका बाजुरा संयोजक देवेन्द्र शाहले बताएका छन् ।

विज्ञापन

सन २०२० बाट बाजुरा जिल्लाको तल्लो क्षेत्रका ३ नगरपालिका र २ गाउँपालिकामा महिनावारी स्वच्छता व्यवस्थापन परियोजना संचालन भईरहेको छ । परियोजनाले सेवा क्षेत्र भित्रका विद्यालयहरुमा अध्ययनरत किसोरीहरुलाई महिनावारी बारे सचेतना जगाउँदै आएको छ । त्यस्तै परियोजनाले सेवा क्षेत्र भित्रका विद्यालयमा भौतिक पुर्वाधार निर्माण लगायतका सहयोगहरु गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै