होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडपको स्थिति बनेपछि सिन्धुलीमा निषेधाज्ञा
समाचार

ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडपको स्थिति बनेपछि सिन्धुलीमा निषेधाज्ञा

  • नागरिक रैबार
ईश्वर पोखरेल सहभागी कार्यक्रममा झडपको स्थिति बनेपछि सिन्धुलीमा निषेधाज्ञा

एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुने कार्यक्रममा झडप हुने स्थिति आएपछि सिन्धुली सदरमुकाममा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।

एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै सत्ता गठबन्धनले विरोध गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटन तथा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । प्रमुख अतिथिका रुपमा पोखरेललाई निम्त्याएपछि एमाले र सत्ता गठबन्धनका नेता कार्यकर्ताबीच विवाद भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै