नागरिक रैबार/बाजुरा २४ कार्तिक।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिवमा बाजुराका युवा नेता तथा बाजुरा जिल्ला प्रदेश (क) का सांसद बल्देब रेग्मीलाई मनाेनित भएका छन् ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीको मंगबार बसेकाे बैठकले सांसद रेग्मीलाई उपसचिव पदमा मनाेनित गरेकाे हाे । सांसद रेग्मी यस अघि नेकपा एमाले बाजुरा जिल्ला कमिटिकाे सचिव समेत रहेर काम गरेका थिए ।
एमाले बाजुराकाे पार्टी सचिवमा अहिले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका भरत बुढालाई जिम्मेवारी दिएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु