होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘महानायक’ विवादमा सलोनले माफी माग्दै भने–‘मैले वुझ्न सकिनँ’
मनोरञ्जन

‘महानायक’ विवादमा सलोनले माफी माग्दै भने–‘मैले वुझ्न सकिनँ’

  • नागरिक रैबार
‘महानायक’ विवादमा सलोनले माफी माग्दै भने–‘मैले वुझ्न सकिनँ’

नायक सलोन बस्नेतले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायकको परिभाषा के हो’ भन्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भयो । पिता शोभित बस्नेतले यो विवादमा माफी मागेपछि सलोन विवादमा मुछिएका थिए ।

अब, उनै सलोनले सामाजिक संजालमा माफी मागेका छन् । उनले लेखेका छन्–‘मलाई माफी गरिदिनुहोस् नेपाली जनता । समय बिडम्बनाको थियो म अल्मलिएको थिए र वुझन् सकिनँ । मेरो हुकाई यही ठाउँमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । म वुझ्न सक्ने हुनुभन्दा अगाडि नै एक महान् व्यक्तिले ‘नेपाली बाबु’ चलचित्रमार्फत चलचित्रको संसार वुझाइदिनुभयो ।’

उनले अगाडि लेखेका छन्–‘कर्म नामक चलचित्रमा काम गर्दा आफ्नो बुबा हुँदा हुँदै पनि अर्का महान् हस्तीका लागि मैले आफ्नो शिर मुन्डन गरेँ र उनैले चलचित्रको लागि गरिने त्याग र यसको महत्व वुझाए । जीवनमा सबैभन्दा बढी चलचित्रहरु कर्णवीर, ठूलो, आर्शिवाद, हामी तिन भाई, अनमोल’ आदिमा चलचित्र जगतकै सबैभन्दा सफल अग्रझ व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ । मेरो पिढीको सबैभन्दा भाग्यमानी कलाकार म आफूलाई सोच्थेँ । मलाई थाहा थिएन, दिन यस्तो आउँला जब मैले उहाँहरुमा नै फरक छुट्याउनुपर्नेछ ।’

विज्ञापन

उनले, आफूले सोच्न नसकेको र हडबडाहटमा बोल्न नजानेको बताएका छन् । उनले लेखेका छन्–‘मेरो अहम्, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकेँ, त्यो मुहारलाई १, २, ३ गरेर छुट्याउनु मेरो हैसियत भन्दा धेरै माथिको कुरा लाग्यो । शब्द छनोट गलत भयो तर मेरो मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहन्छु । मैले आजसम्म जीवनमा चलचित्र बाहेक केही पनि सोच्न सकेको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाइदिनुहोला ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार