होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए
समाचार

माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

  • नागरिक रैबार
माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट मन्त्री बनेकाहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आइतबार विहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले

जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको उनको भनाइ छ । शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए ।

एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा गलत काम गरेको खण्डमा मन्त्रीबाट हटाइने नेपालको भनाइ छ ।

विज्ञापन

त्यसमा थप निर्देशन दिन आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको उनले बताएका थिए । वर्तमान सरकारमा एकीकृत समाजवादीबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार