होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुराको सुरक्षा व्यवस्था कडा, अन्य जिल्लाबाट पनि प्रहरी खटाइयो
समाचार

डडेल्धुराको सुरक्षा व्यवस्था कडा, अन्य जिल्लाबाट पनि प्रहरी खटाइयो

  • नागरिक रैबार
डडेल्धुराको सुरक्षा व्यवस्था कडा, अन्य जिल्लाबाट पनि प्रहरी खटाइयो

धनगढी : जिल्ला निर्वाचन समितिले विवादका बीच डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला निर्वाचन समितिको कार्यालयले आज वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो।

डडेल्धुराका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको जानकारी दिँदै वडा अधिवेशनका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए। ‘विहान ८ बजेदेखि नै अधिवेशन सुरु हुन्छ,’ निर्वाचन अधिकृत बमले  भने।

यता जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए। ‘अधिवेशन गर्ने र नगर्ने विषयमा दुई समूहबीच विवाद देखिएको छ,’ नेपालले भने, ‘निर्वाचन समितिले अधिवेशन गर्ने निणृय गरेपछि सुरक्षा व्यवस्था कडा पारेका छौँ। सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी बोलाएर खटाएका छौँ।’ जिल्ला सभापति कर्ण मल्ल समूहले अधिवेशन स्गथित भएको बताउँदै आएको छ भने निर्वाचन समितिले आजै अधिवेशन गर्ने जनाएको हो।  दिनेशखबरबाट साभार

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार