होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • घाइते अपाङ्गलाई एमाले कार्यालय पठाइदिनुस्, म उपचार गर्छुः ओली
राजनीति

घाइते अपाङ्गलाई एमाले कार्यालय पठाइदिनुस्, म उपचार गर्छुः ओली

  • नागरिक रैबार
घाइते अपाङ्गलाई एमाले कार्यालय पठाइदिनुस्, म उपचार गर्छुः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गरिने भन्ने विषयप्रति टिप्पणी गरेका छन् ।

उनले घाइते, अपांगको अवस्था दयनीय रहेको उल्लेख गर्दै सरकारले नगर्ने हो भने एमालेले उनीहरुको उपचार गर्ने बताए । त्यसका लागि थापाथलीमा रहेको एमाले कार्यालय पठाइदिन पनि प्रचण्डलगायतका सत्ता गठबन्धनलाई ओलीले सुझाए ।

‘पहिलो कुरो द्वन्द्वपीडितहरुलाई न्याय दिनुस्, तपाईंले बुट्टे खादा ओढाएर द्वन्द्व पीडितलाई अल्मल्याउन खोजेको ?’, ओलीले मंगलबार संसदमा भने, ‘घाइतेहरुको उपचार गराउन भन्नुस् न, घाइतेहरुको शरीरमा भएको गोली झिक्छु भन्नुस् न । यदि सरकारले सक्दैन भने नेकपा एमालेको केन्द्रीय कार्यालय अहिले थापाथलीमा छ, त्यहाँ पठाइदनिुस् म गर्छु ।’

उनले गौर हत्याकाण्डलगायतका अराजक गतिविधिको छानबिन गर्न पनि सरकारलाई सुझाए । यस्तै क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार, मातातीर्थ प्रकरणलगायतमा भएको भ्रष्टाचार छानबिन गर्न समेत ओलीले सरकारलाई सुझाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि