होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • मुलुकको सार्वजनिक ऋण वार्षिक बजेट भन्दा पनि उच्च
अर्थ

मुलुकको सार्वजनिक ऋण वार्षिक बजेट भन्दा पनि उच्च

  • नागरिक रैबार
मुलुकको सार्वजनिक ऋण वार्षिक बजेट भन्दा पनि उच्च

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो रूप लिन पुगेको तर सो अनुसार उपलब्धि नदेखिएको यर्थाथ तथ्याङ्क प्रस्तुत गरेका छन् । मंगलबार प्रतिनिधि सभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्दै यस्तो बताएका हुन् ।

श्वेतपत्र मार्फत अर्थमन्त्री शर्माले गएको ३ वर्षमा करिब २५० अर्बले नै सार्वजनिक ऋण बढेर कुल ग्राहस्थ उत्पादनको झन्डै ४०.५ प्रतिशतको हाराहारीमा पुगेको बताए । यस्तो ऋणमा हालसम्म आन्तरिक तर्फ ८ खर्ब रहेको र वैदेशिक ऋण ९ खर्ब २८ अर्ब रहेको बताएका छन् ।

अघिल्लो सरकारको पालामा शाेधनान्तर घाटा थप १ खर्ब ४३ अर्ब

अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको पालामा थप १ खर्ब ४३ अर्ब रुपैयाँ शाेधनान्तर घाटा बढेको तथ्याङ्क प्रस्तुत गरेका छन् । झण्डै दुईतिहाई बहुमतसहित सत्तारोहण गरेको अघिल्लो केपी ओली सरकारले मुलुकको आर्थिक अवस्था नाजुक रहेको जनाउँदै मुलुकको ४८ अर्ब घाटा रहेको देखाए पनि सो गत आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा २ खर्ब १६ अर्ब माथिको घाटा देखिएको बताए । हालसम्मको सञ्चिति कोषबाट समेत पूर्ति गर्दा समेत अझै १ खर्ब ४३ अर्ब अपुग देखिने अर्थमन्त्री शर्माले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै