होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत
समाचार

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

  • नागरिक रैबार
खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ स्वीकृत गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका प्रकाश पन्त र अनिता देवकोटा तथा नेकपा (माओवादी केन्द्र)का रामनारायण विडारी र मायाप्रसाद शर्माले भाग लिएका थिए।

प्रतिपक्षी दल नेकपा (एमाले)का खिमलाल भट्टराई, ठगेन्द्रप्रसाद पुरी, गङ्गाकुमारी बेल्वासे, उदया शर्मा पौडेल, डा बिमला पौडेल राई तथा स्वतन्त्र सांसद खिमलाल देवकोटाले विधेयकमाथि धारणा राखेका थिए । विधेयकमाथि सांसदले उठाउनु भएका जिज्ञासाको मन्त्री कार्कीले जवाफसमेत दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार