होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • म प्रधानमन्त्री बन्न जन्मिएको होइन : केपी ओली
राजनीति

म प्रधानमन्त्री बन्न जन्मिएको होइन : केपी ओली

  • नागरिक रैबार
म प्रधानमन्त्री बन्न जन्मिएको होइन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताए ।

‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ उनले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताए ।

उनले विगतमा आफूले जस्केलाबाट नभई मूलढोकाबाट सरकारमा आउने स्मरण गरेको भन्दै असाधारण जनमतका साथ फेरि पनि सत्तामा आउने जिकिर गरे । उनले यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको पनि बताए । उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि