होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार
समाचार

दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

  • नागरिक रैबार
दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार

२६ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको छ ।

दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौं पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

 

‘घरमै प्रसव व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गर्भवतीको उद्धार गरिएको हो”, उनले भने, ‘मंगलबार बिहानै सेनाको हेलिकप्टर झिकाएर काठमाडौँ पठाइएको छ ।’ राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विकट क्षेत्रका गर्भवतीको आपत्कालीन उद्धार हुँदै आएको छ ।

गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफारिस गरेपछि गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

सडक सञ्जालको पहुँज नपुगेको उत्तरी गोरखामा गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुँदा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहँदै आएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै