होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा हातहतियार सहित २ जना पक्राउ
समाचार

कैलालीमा हातहतियार सहित २ जना पक्राउ

  • नागरिक रैबार
कैलालीमा हातहतियार सहित २ जना पक्राउ

नागरिक रैबार ।
कैलाली २६ साउन । जिल्ला प्रहरी कैलालीले गौरीगंगा नगरपालिका – ९ शंकरपुरबाट हातहतियार सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाँउपालिका वडा – ९ का ५३ बर्षीय खेम राज चौधरी र धनगढी उपमहानगरपालिका – २ का ४६ बर्षीय मोहित कुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका – ९ शंकरपुरबाट १२ बोर थान -१, ऐ.को कार्टिज थान-१ र पोईन्ट टु टु थान-१, ऐ.को गोली १० राउण्ड सहित २ जना पक्राउ परेका हो ।
प्रहरीका अनुसार उनीहरुलाई सोमबार राती ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको प्रहरी टोलीले शंकरपुर स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिममा पुर्व तर्फ गईरहेको बा १७ च १३१२ नम्बरको जीप चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
पक्राउ परेको हतियार मध्ये १२ बोर थान – १, ऐ.को कार्टिज थान-१ चौधरीको र पोईन्ट टु टु थान-१, ऐ.को गोली १० राउण्ड शाहको रहेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जना माथि हातहतियार खरखजाना शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त जीपमा पक्राउ परेका बाहेक धनगढी उपमहानगरपालिका – १ का ४६ बर्षीय रुपक मल्ल र कैलारी गाँउपालिका – ९ बस्ने ३३ बर्षीय योगेन्द्र बहादुर देउवा पनि सवार रहेको जनाएको छ । उनीहरुलाई भने छोडिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
Breaking News
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै