होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कांग्रेसको पौडेल पक्षीय जिल्ला सभापति भेलालाई नेताहरुले सम्बोधन गर्ने
देश/प्रदेश

कांग्रेसको पौडेल पक्षीय जिल्ला सभापति भेलालाई नेताहरुले सम्बोधन गर्ने

  • नागरिक रैबार
कांग्रेसको पौडेल पक्षीय जिल्ला सभापति भेलालाई नेताहरुले सम्बोधन गर्ने

२६ साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापति भेला मंगलबार पनि जारी छ । सोमबारदेखि शुरु भएको जिल्ला सभापति भेलालाई मंगलबार वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

ठमेलस्थित एक होटलमा जारी जिल्ला सभापति भेलामा कांग्रेसको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल भइरहेको नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । उनका अनुसार मंगलबार भेला सकिने र शीर्ष नेताहरुलाई भेलाको लिखित सुझाव बुझाइनेछ ।

भदौ १६ देखि १९ गतेसम्म तोकिएको कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित भएपछि पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो । सोमबार पौडेल पक्षीय केन्द्रीय समिति बैठक बसेको थियो । बैठकले प्रक्रिया छोट्याएर भए पनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

विज्ञापन

जिल्ला सभापति भेलामा भने पार्टी वैधानिकता जोगाउन विशेष महाधिवेशनमा जोड दिइएको छ । तर पौडेल पक्षीय केन्द्रीय समितिले विशेष महाधिवेशन नभई नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो । जिल्ला सभापति भेलामा ४७ जिल्ला सभापति सहभागी भएको आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार