होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • गौरिकाले खोपिन् ओलम्पिक ‘रिङ ट्याटू’
खेलकुद

गौरिकाले खोपिन् ओलम्पिक ‘रिङ ट्याटू’

  • नागरिक रैबार
गौरिकाले खोपिन् ओलम्पिक ‘रिङ ट्याटू’

जलपरी गौरिका सिंहले आफ्नो शरीरमा ओलम्पिकको रिङको ट्याटू खोपेकी छिन् । हालै मात्र सम्पन्न टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिकाले प्रतियोगिता लगत्तै ट्याटू बनाएकी हुन् ।

सामाजिक सञ्जालमा ट्याटू खोपेको भिडियो सेयर गर्दै गौरिकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छन् ।

विज्ञापन

जापानको टोकियोमा आयोजना भएको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा सिंहले राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । टोकियो एक्वेटिक सेन्टरमा भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

एक सय मिटर फ्रिस्टाइलमा उनले एक मिनेट ११ मिलिसेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनको नाममा १ः ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

गौरिकाले प्रतिस्पर्धा गरेको हिट चरणमा चार जना खेलाडी रहेका थिए । जसमा उनी तेस्रो स्थानमा रहन् सफल भएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार