होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज आर्थिक श्वेतपत्र ल्याउँदै सरकार
समाचार

आज आर्थिक श्वेतपत्र ल्याउँदै सरकार

  • नागरिक रैबार
आज आर्थिक श्वेतपत्र ल्याउँदै सरकार

काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी सरकारले श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउन लागेको संसद सचिवालय स्रोतले जनएको छ ।

उनले मन्त्री नियुक्त भएलगत्तैको पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ भन्ने जानकारी दिन यस्तो श्वेतपत्र जारी गरिन्छ ।

 

विज्ञापन

यसका लागि अर्थमन्त्रालयले करिब ३ सातादेखि तयारी गरिरहेको थियो । देशका आर्थिक सूचकांकहरुलाई जस्ताको तस्तै देखाउने गरी ‘वर्तमान आर्थिक अवस्थाको यथार्थपत्र’ जारी गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै