होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षकको मृत्यु
समाचार

मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षकको मृत्यु

  • नागरिक रैबार
मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षकको मृत्यु

काठमाडौँ: नवलपरासीको बर्दघाटमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ।

सोमबार राति ९ बजे लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका प्रहरीले बताएको छ। उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। उनी पैदल हिँडिरहेका बताइएको छ।

इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत उनी काठमाडौँको बसुन्धाराका बासिन्दा हुन्। मोटरसाइकल चालक सुनवल नगरपालिका–१ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार