धनगढी: अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।जिल्लाको मंगलसेन नगरपालिका -१ भट्टेका ५६ वर्षिया रतने राना घर नजिकै बारिमा घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा घाइते भएका वडा सदस्य पूर्ण बहादुर रानाले बताए।
उनको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको बताइएको छ।
फेसबुक प्रतिक्रियाहरु