होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चटकपुरमा भएको गुण्डागर्दी एमाले सिध्याउने षडयन्त्र : भीम रावल
समाचार

चटकपुरमा भएको गुण्डागर्दी एमाले सिध्याउने षडयन्त्र : भीम रावल

  • नागरिक रैबार
चटकपुरमा भएको गुण्डागर्दी एमाले सिध्याउने षडयन्त्र : भीम रावल

धनगढी: नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलले धनगढीमा भएको घटना एमाले फुटाउने र सिध्याउने षडयन्त्र हुनसक्ने बताएका छन्।बुधबार भएको घटनापछि रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको आरोप लगाए।

तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको गुण्डागर्दीले उक्त घटना भएको रावलको आरोप छ। ‘अहिले नै यस्तो चरित्र देखाइयो। पार्टी विधि प्रक्रिया विधिसम्मत ढंगबाट चलाउन चुनौती देख्छु। चटकपुरमा गुण्डागर्दी गरेर एमालेलाई समाप्त गर्छन्’ उनले भने, ‘आक्रमण गरेपछि प्रतिकार गर्छौं। एमाले फुटाउने र सिध्याउने षडयन्त्र पनि हुनसक्छ। हाम्रा पार्टीका सदस्यलाई धम्की दिएका छन्। पार्टी पंक्तिले प्रतिवाद गर्छ।’

उनले स्वघोषित इन्चार्ज र अध्यक्ष भन्नेलाई कारवाही गर्न माग समेत गरेका छन्। घटनाबारे पार्टीमा छलफल हुने, सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बस्ने र उचित ढंगले अगाडि बढ्ने रावलले बताएका छन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय चटकपुरमा रावलको नेम प्लेट हटाएर उद्योगमन्त्री लेखराज भट्टको राखेपछि केपी ओली समूह र माधव नेपाल समूहबीच झडप भएको थियो।अहिले माधव समूहले भट्टको नेम प्लेट पनि हटाइसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै