होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीलाई व्यंग्य गर्दै धनगढीमा बयलगाडा जुलुस
समाचार

ओलीलाई व्यंग्य गर्दै धनगढीमा बयलगाडा जुलुस

  • नागरिक रैबार
ओलीलाई व्यंग्य गर्दै धनगढीमा बयलगाडा जुलुस

२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ ।

ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

 

विगतमा ओलीले ‘गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै अनेरास्ववियूले आज देशभर बयलगाडासहित प्रदर्शन गरेको हो ।

 

काठमाडौंको थापाथलीमा बयलगाडाको सांकेतिक प्रदर्शन गरिए पनि कैलालीसहित तराई मधेसका जिल्लाहरुमा भने गोरु र राँगाले तानेको वास्तविक बयलगाडा नै सडकमा निकालिएको थियो । त्यसमा ‘जाउँ है अमेरिका’ लेखिएको थियो ।

धनगढीको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको बताए ।

प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदम सच्याउन प्रचण्ड–नेपाल समूहको अनेरास्ववियूको माग छ । तत्काल संसद् पुनर्स्थापित नभए कडा आन्दोलनमा उत्रिने अनेरास्ववियूले चेतावनी दिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै