नागरिक रैबार
बाजुरा २३ मंसिर
कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । जगन्नाथ गाउँपालिका-६ कापडीमा रहेको गर्जेगाड भिरबाट आज बिहान मिनिट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका-३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।
नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ। गाडी चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको ठगुन्नाले बताएका छन ।
फेसबुक प्रतिक्रियाहरु