काठमाडौं, २३ कात्तिक । लामो समयदेखि प्राविधिक समस्याको कारण खुल्न नसकेको शिक्षक सेवा आयोगको स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुल्ने तयारी भएको छ । विज्ञापन खुलाउने बारेमा सम्बन्धित पदाधिकारीसँग छलफल भैरहेको आयोगले जनाएको छ ।
अहिले आयोगले वार्षिक कार्यतालिका बनाइरहेको छ । नियमावली संशोधन र अन्य प्राविधिक समस्या देखाउँदै आयोगले लामो समयदेखि विज्ञापन खुलाउन सकेको थिएन् ।
आयोगका पदाधिकारीहरुले शिक्षामन्त्री देवेन्द्र पौडेलसँग विज्ञापन खोल्ने विषयमा छलफल गरेका थिए । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २२३ जना शिक्षकको दरबन्दी रिक्त रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु