होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका तराई क्षेत्रमा छठ पर्वको तयारी सुरु
समाचार

सुदूरपश्चिमका तराई क्षेत्रमा छठ पर्वको तयारी सुरु

  • नागरिक रैबार
सुदूरपश्चिमका तराई क्षेत्रमा छठ पर्वको तयारी सुरु

धनगढी: धनगढीको मोहना नदी किनारमा सोमबार छठी घाट निर्माण हुँदै थिए। नदी किनारमा छठ पूजाका लागि सरसफाइको काम हुँदैछ। छठको दिन पूजा गर्नका लागि घाट निर्माण गर्न थालिएको हो। घाटमा आवश्यक पर्ने केराको बोट, रंगरोगन लगायतको काम जारी थियो। छठ पूजा सेवा समितिले धार्मिक कार्यक्रमका लागि पनि तयारी गर्दै थियो। पूजा गर्ने ठाउँमा झिलिमिली बनाउन सुरु गरिएको स्थानीय कमलेस देवले बताए।

गत वर्ष कोरोना संक्रमणको त्रासले छठको रौनकता नै हराएको थियो। तर यो वर्ष कोरोना संक्रमणको दर कम भएको भन्दै छठको भव्य तयारी थालिएको हो। गत वर्ष भन्दा भव्य रुपमा पर्व मनाउने सोचले नै सजावट गरिरहेको अर्का स्थानीय राजु शाहले बताए।

छठमा विभिन्न भजनकृतन तथा नृत्यका कार्यक्रम हुने गथ्र्यो। तर गत वर्ष कोरोनाका कारण सामान्य पूजा पाठ मात्रै भयो। तर यस वर्ष भने पुरानै शैलीमा पूजा र धार्मिक कार्यक्रमको तयारी रहेको छठ पूजा सेवा समितिका सचिव सरोज यादव बताउँछन्। उनले छठको तयारी भाइटिकादेखि नै सुरु भएको बताए। घाटमा सरसफाईदेखि लिएर सजावटको काम ५० प्रतिशत सकिएको उनले बताए।

छठमा परिवारको सुख शान्ति तथा सन्तान प्राप्तिका लागि ब्रत बस्ने र पूजापाठ गर्ने चलन छ। कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व मनाउने गरिन्छ। छठ पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ। पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार