होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी उपाध्यक्षलाई नेपालले भने : राष्ट्रहितविरुद्धको पैसा स्वीकार्दैनौं
समाचार

एमसीसी उपाध्यक्षलाई नेपालले भने : राष्ट्रहितविरुद्धको पैसा स्वीकार्दैनौं

  • नागरिक रैबार
एमसीसी उपाध्यक्षलाई नेपालले भने : राष्ट्रहितविरुद्धको पैसा स्वीकार्दैनौं

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरेका छन्। उनले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुगेकी एमसीसीका उपाध्यक्ष फतिमा सुमारलाई उनले राष्ट्रहितको विषयलाई केन्द्रमा राखेर नै आफ्नो पार्टीले उपयुक्त निर्णय गर्ने बताए। भेटमा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरका अनुसार सो अवसरमा अध्यक्ष नेपालले एमसीसीले उपलब्ध गराउने सहयोग नेपाली जनताको हितमा रहेको छ भन्ने स्पष्ट पार्न विशेष ध्यानाकर्षण गराएका थिए।

यद्यपि नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने पनि बताए। उनले एमसीसीबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका छन्। अध्यक्ष नेपालले देशबासीबीच उब्जिएका थुप्रै प्रश्नको जवाफ खोजेका थिए।

विज्ञापन

उनले सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका बीचमा साझा धारणा बनाएर नै सो बारेमा आवश्यक निर्णय हुने बताएका थिए। एमसीसी उपाध्यक्षले आफूहरुले उपलब्ध गराउने सहयोगका बारेमा स्पष्ट पार्दै सकारात्मक सहयोगको अपेक्षा गरेको नेता तुलाधरले जानकारी दिए। तत्कालिन नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीका सम्बन्धमा गरेको अध्ययनमा सो सम्झौतामा रहेका केही विषय संशोधन गर्नुपर्ने सुझाव दिइएकोसमेत अध्यक्ष नेपालले स्मरण गर्नुभएको नेता तुलाधारले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार