मेरो पेशा न राजनीति हो,नत राजनीतिक शास्त्रको विद्यार्थि तर पनि राजनीतिक संग जोडिएका बिषयमा कहिलेकाँही कलम चलाउन मन लाग्छ।मिति २०७८ भाद्र २१ गते बाजुरामा नेकपा एकिकृत समाजवादी पार्टीले जिल्ला कमिटी गठन देखि विभिन्न स्थानीय तहका इन्चार्ज र बिभागको जिम्मेवारी योग्यता,क्षमता र पार्टीमा योगदान गरेका व्यक्तिहरुलाईदिएको जानकारी २०७८ भाद्र २२ गते पत्रकार संम्मेलन मार्फत प्रबक्ता प्रेम बि.क.ले सार्वजनिक गर्नु भयो।
जिम्मेवारी पाँउने सम्पुर्ण पार्टीका योद्धाहरुलाई बधाई छ।जिम्वेवारी पाएका व्यक्तिहरुको लिष्ट हेर्दा पुरानो बोतलमा नयाँ रक्सी राखेको महसुस भयो।उक्त पार्टीको जिल्लाको नेतृत्व गगन रावल र पुर बहादुर रावत केन्द्रिय नेतृत्व आगामी दिनमा भु.पु.माननिय हिक्मतजंग शाही र युवाको नेतृत्व नरेश कुमार शाहीले गर्नु हुने देखिन्छ।
वि.स.२०३३ साल अघि साविकका वाइ जुकोट र साप्पाटा गाविस जुम्ला जिल्लामा र बि.स. २०३३ देखि वि.स.२०३८ सम्म कालिकोट जिल्लामा र बि.स.२०३८ पछि बाजुरामा गाभिएका हुन।जुम्ला जिल्ला बाट कालिकोट र कालिकोट बाट बाजुरा जिल्लामा गाभ्नका लागि बिषेश पहल गर्ने स्वर्गिय मणिजंग शाही,नरजंग शाही र नरजित बुढाको बिषेश भुमिका रहेको थियो।जुम्ला जिल्ला र कालीकोट जिल्लामा हुँदा साविकको वाइ,जुकोट र साप्पाटालाई पलाँता दराका नामले चिनिन्थ्यो।
वाइ,जुकोट र साप्पाटा गाविसले मात्र किन जिल्ला फेरबदल गरिरहे भन्ने कौतुहल धेरैलाई हुन सक्छ।राजनीतिक नेतृत्वमा पदलोभका कारण जुम्ला जिल्लामा हुँदा मणिजंग शाही सासंद पदमा उम्मेदारी दिएपनि चुनाव लडन आँट गर्नु भएन ।उपप्रधान पंञ्चमाचित्त बुझाउनु भएको थियो।पछिल्लो चुनावमा नरजंग शाही प्रधानपंञ्चमा निर्वाचित हुनु भयो।
जुम्ला जिल्लामा रहँदा सम्म आफ्नो राजनीतिक भविष्य नदेखेर बि.स.२०३३ सालमा कालिकोट जिल्लामा गाभिए पछि मणिजंग शाही प्रधानपंञ्च,नरजंग शाही जिल्ला पंञ्चायत सदस्य गाँउ फर्क अभियानको जिल्ला अध्यक्ष भए पश्चात धर्मदत्त उपाध्याय संग माननियमा उम्मेदारी दिएका नरजंग शाहीले हार ब्यहोरे पछि आफ्नो राजननीतिक भविश्य नदेखेर बि.स.२०३८ सालमा बाजुरामा गाभिएका हुन।
दुरीका हिसाबले साविकका वाइ,जुकोट र साप्पाटा गाविस बाट कालिकोटको सदरमुकाम मान्मा,जुम्लाको सदरमुकाम खलगां र बाजुराको सदरमुकाम मार्तडी उस्तै उस्तै हुन।गाँउठाँउको विकास र सर्वसाधारण जनतालाई सुविधा दिने भन्दा पनि आफुले कसरी पद प्राप्त गर्न सकिन्छ भनेर जुकोटको नेतृत्व पंङ्क्तिले अवसरको बाटो खोजेको थियो।
जुम्ला जिल्ला हुदाँ वाइ,जुकोट साप्पाटाका युवाहरुले सजिलै कर्णाली प्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा पढन पाएका कारण अघिल्लो पुस्ताका धेरै जना प्राविधिक सेवा (स्वास्थ्य,कृषि,भेटनरी,सव ओभवसियर र ओभर सियर) मा कार्यरत हुनुहुन्छ।धेरै जनाले निजामति सेवामा प्रबेश गर्ने अवसर प्राप्त गरेका थिए।अहिलेको स्वामीकार्तिक खापर गाँउपालिका जुम्ला जिल्लामै हुन्थ्यो भने मानव विकास सुचकाँङ्कमा धेरै अगाडी आउथ्यो होला।
जुम्ला र कालिकोटमा चुनाव हारेर बि.स.२०३८ सालमा नुनिला आँसु लिएर बाजुरामा गाभिएको नेतृत्वले राजनीतिक रुपमा सबैभन्दा बढि लाभ स्वामिकार्तिकको नेतृत्वले प्राप्त गरेकोदेखिन्छ। बि.स.२०५१ सालमा हिक्मतजंग शाही ने.क.पा.एमाले बाट सभाषद बि.स.२०५६ सालमा जनक कुमार गिरी नेपाली काग्रेस बाट सभाषद र बि.स.२०५९ साल राजाको प्रत्यक्ष शासन कालमा स्वर्गिय नरजंग शाही राजपरिषद सदस्य हुनु भएको थियो।
जुम्ला र कालिकोट जिल्लामा हुँदा गाउँपञ्चायतमा चित्त बुझाएका नेताहरुलाई बाजुरेली जनताले सभाषद बनाउदा पनि बाजुरेली जनतामाथि राजनीति बेइमानी पटक पटक भइरहेकोछ।हिक्मतजंग शाही बि.स.२०५४ सालमा माले बि.स.२०५९ देखि बि.स.२०६३ सम्म राजाबादी र अहिले ने.क.पा समाजबादी हुनु र संविधान सभाको चुनाव बि.स.२०६४ र बि.स.२०७४ को प्रदेश र प्रतिनिधि सभाको चुनावमा असहोग गरेको जग जाहेरछ।
वि.स.२०५४ सालमा माननिय हिक्मतजंग शाही माले भएपछि जिल्लाको राजनीति समिकरण बिग्रेका कारण वि.स.२०५६ को चुनावमा ने.क.पा.ले हार ब्यहोरेका कारण पार्टीले लयमा फर्किन पन्ध्र बर्ष लाग्यो ।भु.पु.माननिय हिक्मतजंग शाही वि.स.२०७८ सम्म आइपुग्दा लयमा आउनुको साटो फरक बाटो तय गर्नु र संसदमा हुदा संसदको मर्यादा विपरित काम गरेका कारण आगामी दिनमा समाजवादीमा रहेर राम्रै काम गर्नु होला भन्ने आशा जनताले राखेका छैनन।
बाजुरा जिल्लाको विकासमा स्वामिकार्तिकका नेताहरुको ठुलो योगदान छ,भनेर हिजोआज केहि व्यक्तिहरुले सामाजिक संजालमा लेखेको पढन पाइन्छ।योगदान नै नभएको होइन,तर जति हुनु पर्ने हो त्यो भएको देखिदैन।भु.प.माननिय हिक्मतजंग शाहीले बि.स.२०७२।२०७३ तिर आफु पुन राजनीतिक नेतृत्वमा स्थापित हुनका लागि बाजुराको माथिल्लो भेग,हुम्लाको तल्लो भेग,मुगुको खत्याड र कालिकोटको माथिल्लो क्षेत्रलाई समेटेर अलग जिल्ला बनाउनका लागि बैठक र हस्ताक्षर संकलन गर्नु भएको थियो।
पुन संरचनामा जाँदा त्यो एजेण्डा उपयुक्त भएपनि हिक्मतजंग शाहीको स्वभाव बुझिसकेका कालिकोट,मुगु,हुम्ला र बाजुराका नेताले साथ नदिएका कारण उनको योजना असफल सावित भयो।देश संघियतामा जादै गर्दा स्थानीय तहको पुन संरचना गर्ने क्रममा जुकोटको नेतृत्वले अखण्ड स्वामिकार्तिकको नारा लगाएर पुन साप्पाटा र वाइलाइ उपेक्षित गर्यो त्यसको प्रत्यक्ष मार साप्पाटा फयालगाँउ र मिगुका जनतालाई परेकोछ।गाउँपालिकाको सेवा लिन फयालगाँउका जनताले कामका लागि एक दिनको समय छुट्याएर दुइपटक कर्णाली पार गरेपछि मात्र सेवा लिन पाइन्छ ।
नेतृत्व प्राप्ति गर्नका लागि तिन जिल्ला चाहरेको जुकोटको नेतृत्वले वाइ र साप्पाटालाइ भोट बैंकको रुपमा प्रयोग गर्यो अवसर कहिलै दिएको देखिदैन।ने.क.पा.एमालेले बि.स.२०७४ को स्थानीय चुनावमा चिरन्जिवि शाहीको योगदान भन्दा पनि हिक्मतजंग शाहीको उत्तराधिकारीको रुपमा नेतृत्व विकास गर्ने उद्धेश्यले टिकट दिएर जिताउन सफल भएपनि अहिले उनै चिरन्जिबि शाही एउटा जननिर्वाचित वडा अध्यक्ष समेतलाई साथमा लिन नसकेर ने.क.पा.समाजवादी हुनुले के अर्थ राख्ला।
बि.स.२०५४ मा माले भएका हिक्मतजंग शाही बि.स.२०७८ सम्म आइपुग्दा तग्रिन नपाउदै पुन चिरन्जिबि शाही थला पर्ने निश्चितछ।स्वामिकार्तिक खापर गाँउपालिकाका पहिलो पुस्ताका नेतामा राजनितक इमान्दारिता देखिदैन भने पछिल्लो युवा पुस्ताका आश गरेका नेतामा आर्थिक पारदर्शिता नहुनु उक्त गाँउपालिकाका सर्वसाधारणका लागि दुर्भाग्य सावित हुने देखिन्छ।जसको जलन्त उदाहरण खालीखोला लघु जलविद्युत योजना,कर्णाली नदिमा बन्दै गरेको फेरी,बाजुराको बरदान जैतुन र सहकारीको अवस्थाका बारेमा जो कोहीलाई सोद्धा फरक पर्दैन।
जुकोटको राजनीतिक नेतृत्वको अस्थिरताका कारण स्वामीकार्तिक खापर गाउँपालिकामा सोचे अनुरुप विकास हुन नसक्दा देशकै गरिव गाउँपालिकाको रुपमा दर्ज भएकोछ।कहिले जुम्ला जिल्ला कहिले कालीकोट त कहिले बाजुरा जता गए पनि राजनीति इमान्दारिता नभएका कारण नेतृत्वको हेर्ने दृष्टिकोणमा अविश्वास पैदा भएकोले सोचे अनुरुप विकास भएकोछैन ।कालिकोट जिल्लाको पलाँता गाउँपालिका (खिन धौलागोह र थिर्पु) वाइ जुकोट र साप्पाटा भन्दा विकट छन।तर मानव विकास सुचकाँङ्कमा स्वामिकार्तिक खापर गाउँपालिका भन्दा अगाडीछ ।
बाजुरामा गठन भएको नेकपासमाजबादीको संरचना हेर्दा परिवारवाद,नाताबाद र जातियतामा सिमित देखिन्छ । भु.पु.माननिय हिक्मतजंग शाहीका भाई चिरन्जिबी शाही,मितिनी आमा मिमा बुढा,मित भाइ गगन रावल,ज्वाइ शेर बहादुर शाही,भान्जा पुर बहादुर रावत,नीर बहादुर शाही,धर्म शाही,अनिल शाही र नरेश शाही लगायत अन्य व्यक्तिहरु हुनुहुन्छ ।धेरै प्रयासका बाबजुद पाँच जना जनप्रतिनिधि बाहेक अरुले साथ दिएको देखिदैन ।
नेकपा समाजबादीलेबाजुरेली जनताको गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य र संचारमा योगदान पुग्ने खालको कुनै चुनावी एजेण्डा छ,जस्तो लाग्दैन एजेण्डा छ,त केबल जिल्लाका नौ वटै स्थानीय तह,प्रदेश र संघको चुनावमा जुकोटको चुनावी राजनीतिक संस्कारको कार्यान्वयन गर्ने त्यसको तयारीका लागि जिल्लाका अन्य राजनीतिक दल र नेतृत्वले अहिले देखि नै होसियारी अपनाउनु पर्ने देखिन्छ।
जनता बिना नेता हुने सोचपालेका नेतृत्वलाई बाजुरेली जनताले आगामी चुनावमा सोच्नु पर्ने देखिन्छ ।मिति २०७४ मा स्थानीय,प्रदेश र संघको चुनावमा जुकोटको राजनीति संस्कार कोल्टी र कुलदेवमाण्डौले अनुसरण गरेका कारण भुगोलका हिसावले बुढीनन्दा र बुढिगंगा नगरपालिका समृद्ध भए पनि विकासका हिसावले गौमुल र जगन्नाथ गाउँपालिका भन्दा पछाडि धकेलिएकाछन ।
यी लेखकका निजी बिचार हुन ।
फेसबुक प्रतिक्रियाहरु