होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली आक्रामक ढंगले बढ्दै, माधव नेपाल नयाँ पार्टी गठनको दिशामा
राजनीति

ओली आक्रामक ढंगले बढ्दै, माधव नेपाल नयाँ पार्टी गठनको दिशामा

  • नागरिक रैबार
ओली आक्रामक ढंगले बढ्दै, माधव नेपाल नयाँ पार्टी गठनको दिशामा

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढ्ने भएका छन् । उनी पार्टीका कुनैपनि गतिविधि नरोक्ने गरी संगठनमा पकड बढाउँदै बढ्न लागेका हुन् ।

पार्टीको विधान महाधिवेशनलगायत विभिन्न प्रक्रिया बढाइसकेका ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेर थप निर्णयहरु गर्ने भएका छन् । पार्टी एकताका लागि भन्दै दोस्रो तहका मध्यमार्गी नेताहरुले यसअघिको बैठक स्थगित गराउन सकेपनि अब ओली कुरेर बस्ने र रोकिने पक्षमा नभएको बुझिएको छ ।

ओलीले माधव नेपाल पक्षका कसैलाई कारबाही पनि नगर्ने तर पार्टीमा पकड बढाउने गरी निर्णयहरु गर्दै जाने भएका छन् । यही रणनीतिका साथ उनी माधव नेपाल पक्षलाई पाखा लगाउँदै जाने रणनीतिमा पुगेका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि ओलीसँग एउटै पार्टीमा रहन नसकिने निष्कर्षमा पुगिसकेको बुझिएको छ । ओलीले संगठनमा पकड बलियो बनाइसकेकाले त्यहाँ उनी निकै कमजोर भइसकेका छन् । अर्कोतर्फ, दोस्रो तहका हस्तीहरुले पनि साथ दिइरहेका छैनन् । उनीहरु मध्यमार्गी भन्दै पार्टी एकताको पक्षमा लागेका छन् ।

एमालेको नवौं महाधिवेशनको निर्वाचित केन्द्रीय कमिटीमा बहुमत बनाएर ओलीलाई अध्यक्षबाट हटाउने नेपालको रणनीति पनि सफल हुने देखिएन । ४० प्रतिशतभन्दा कम केन्द्रीय सदस्य मात्र पक्षमा देखिए । सांसदहरु पनि ३० भन्दा कम मात्र साथमा आउने देखियो । त्यसकारण पनि नेपाल आफ्नै बाटोमा अगाडि बढ्ने भएका छन् । कुनैपनि बेला नयाँ दल दर्ता गर्ने गरी नेपाल पक्षले केन्द्रीय कमिटीका सदस्यहरुको हस्ताक्षर संकलन गरेर राखिसकेको छ ।

विश्वस्त स्रोतका अनुसार नेता नेपालले चाँडै पार्टीको वार कि पारको निर्णय लिने भएका छन् । जति ढिलो भयो उति घाटा पर्ने निष्कर्षका साथ नेपाल पक्ष नयाँ पार्टी गठनसँगको तयारीमा बढेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ महिना अगाडि