नागरिक रैबार/बाजुरा २६ बैशाख। कोरोनाका कारण मृत्यु भएका बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।
कोरोनाका कारण मृत्यु भएका वडा अध्यक्ष विकको शव अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको छ । बडीमालिका नगरपालिकाको समन्वयमा वडा अध्यक्ष विकको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् ।
एकहप्ता देखि घरमै विरामी भएका वडा अध्यक्ष विकलाई शनिबार विहान एक्कासी स्वास्थ्मा समस्या आएपछि आफन्तहरुले उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगेका थिए ।
जिल्ला अस्पतालमा वडा अध्यक्ष विकलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उनको थप उपचारका लागि डडेल्धुरा अस्पताल रिफर गरेको थियो । रिफर गरेका विकलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा अछामको साँफेबगर नजिकै मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।
बाजुरामा दोस्रो चरणको कोभिड फैलिएसंगै बाजुरामा हालसम्म १ सय ४८ जना कोरोना संक्रमित छन् भने २ जनाको मृत्यु भईसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु