होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोल्टीमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार
स्वास्थ्य-जीवनशैली

कोल्टीमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार

  • नागरिक रैबार
कोल्टीमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार

बाजुरा २५, फाल्गुन । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार भएको छ। यसअघि कालाजारका बिरामीलाई तराईका जिल्ला, सुुर्खेत तथा नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता थियो।

 

तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाटै कालाजारको उपचार हुने भएपछि उक्त बाध्यताको अन्त्य भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले बताए।पहिलोपटक कालाजारबाट ग्रसित भएकी स्वामीकार्तिक खापर गाउँपालिका–२ सुुपानाकी १४ वर्षीया अम्बीसना बुुढाको कोल्टीमै उपचारपछि सञ्चो भएको उनले बताए। स्वास्थ्य केन्द्रमा ‘एम्बीसोम’ नामक ओषधि उपलब्ध भएपछि कालाजारको उपचार सम्भव भएको डा. जैशीले बताए।

 

पहिले कालाजारको उपचारका लागि जिल्ला बाहिर लग्दा २० हजार भन्दा बढी खर्च हुने गरेको थियो। तर अब बाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार हुुने भएपछि स्थानीयलाई सहज हुने विश्वास लिइएको छ।

पछिल्लो समय तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ। कोल्टी क्षेत्रमा १ वर्ष पहिले कालाजारबाट एक बालिकाको मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार