होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुुम्लामा एक छाक खानाको १२ रुपैयाँ !
समाचार

जुुम्लामा एक छाक खानाको १२ रुपैयाँ !

  • नागरिक रैबार
जुुम्लामा एक छाक खानाको १२ रुपैयाँ !

जुम्ला । एक छाक सादा खानाको कति पर्छ ? भन्दा सहजै जवाफ आउन सक्छ सामान्यतया १ सय रुपैयाँ । तर, कर्णाली प्राविधिक शिक्षालयको सामूहिक भान्छामा भने साकाहारी खानाको १२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म पर्ने गरेको छ ।
यहाँका विद्यार्थीहरुको एउटा नियम छ । एक वर्षको लागि सुरुमै १२ देखि १५ हजार रुपैयाँ मेसमा बुझाउने विद्यार्थीको संख्याअनुसार यसरी खानाको मूल्य घटबढ हुने शिक्षालयका लेखा शाखाका प्रमुख प्रकाश गैरेले बताए । हाल ७० जनाले उक्त सामूहिक मेसमा खाना खाँदै आइरहेका छन् । दाल, भात, तरकारी र अचार सहितको खानाको न्यूनतम १२ देखि ४५ रुपैयाँसम्म पर्ने गरेको छ ।

 

हाल शिक्षालयमा कृषि विषयमा अध्ययन गर्ने तथा सामूहिक भान्छाको नेतृत्व गर्ने हुम्लाका जसबहादुर एैरीले रातोपाटीसँग भने– ‘मासु भात खाँदाचाहीँ महङ्गो हुन्छ नत्र सरदर २० रुपैयाँ छाकमा खाना खान सकिन्छ ।’ खाना बनाउने भने विभिन्न संकायका विद्यार्थीले पालैपालो बनाउनुपर्दछ । एक जना कर्मचारी भान्छाका लागि भनेर शिक्षालयले नै व्यवस्थापन गरिदिएको छ ।

शिक्षालयको सूचना पाटीमा प्रकाशित एक सूचनालाई आधार मान्दा यस आर्थिक वर्षको पुस÷मंसिरमा एक जना विद्यार्थीले एक छाक खानाको १२ रुपैयाँ तिरेका छन् । जसले २४ रुपैयाँमा विहान र बेलुकाको खाना खान पाएका छन् । साही शिक्षालयमा नेपाल सरकारको पूर्ण छात्रवृत्ति पाएर पढ्न आएका विद्यार्थीले पनि मासिक ३ हजार ५ सय रुपैयाँमा खाना खाँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै