होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीका पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद
समाचार

प्रहरीका पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद

  • नागरिक रैबार
प्रहरीका पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद

नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ ।

नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ । बढुवाबाट पूर्ति गरिने ४० पदमा बढुवा गर्न प्रहरी नेतृत्वलाई हम्मे भएको छ । किनभने डेढ सयभन्दा धेरै सइ बढुवाका दाबेदार छन्, जो १५ वर्षभन्दा ‘जेठा’ सइ हुन् ।

३० जना त १७ वर्षदेखि सइमा कार्यरत छन् । यसपटकको बढुवामा डेढ सयमध्ये ४० जना मात्र पर्नेछन्, अरूले बढुवाका लागि अझै कम्तीमा दुई–तीन वर्षसम्म कुुर्नुपर्ने हुन्छ्।

प्रहरीको जागिर अवधि ३० वर्ष हुन्छ । त्यसमा आधाभन्दा धेरै अवधि एउटै पदमा बिताउनुपर्ने बाध्यता प्रहरीका कनिष्ठ अधिकृतहरूको छ । जसले उनीहरूमा नैराश्यता मात्र बढाएको छैन, प्रहरी सेवामै नकारात्मक असरसमेत परेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, ‘प्रहरीको सइबाट इन्स्पेक्टर बढुवामा समस्या छ, यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पटक–पटक छलफल भएको छ । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन।’

Century masala

प्रहरीका कनिष्ठ अधिकृत अर्थात् असइ र सइ संगठनका खम्बा मानिन्छन् । अपराध अनुसन्धानदेखि शान्ति–सुरक्षाका काममा सधैँ अग्रपंक्तिमा नेतृत्व गरेर उनीहरू नै पुग्छन् । तर, वृत्तिविकासमा रहेको समस्याले उनीहरूलाई प्रहरी संगठनप्रति नै वितृष्णाको अवस्था ल्याएको छ।

प्रहरीमा चार हजार दुई सय ९६ दरबन्दी भएका सइका समस्या समाधानका लागि प्रहरी नेतृत्वबाट पहल हुन सकेको छैन । इन्स्पेक्टरका रिक्त पदमा ५० प्रतिशत भर्नाबाट र ५० प्रतिशत बढुवाबाट पूर्ति गरिए सइको बढुवा जाम खोल्न केही सहज हुने बहस प्रहरीमा हुँदै आएको छ ।

‘म सइ बन्दा मेरो छोरा भर्खर जन्मेका थियो । अहिले ऊ १५ वर्ष भयो । तर, म सइको सइ नै छु,’ नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कर्मचारीको वृद्धिविकासप्रति असन्तुष्टि पोख्दै एक सइले भने, ‘मलाई हेर्ने छोराका नजर कस्तो बन्यो भने बुबाको जागिर भनेकै सइ रहेछ । किनकि उसले मेरो काँधमा दुईवटा ताराबाहेक देख्नै पाएको छैन।’

सइबाट इन्स्पेक्टर मात्र होइन, जवानबाट हवल्दारको बढुवामा पनि यस्तै अवस्था छ । जवानबाट हवल्दार हुन १२ देखि १५ वर्ष लाग्ने गरेको छ । एउटै पदमा लामो समय रहँदा जागिरप्रति नैराश्यता बढाउने भएकाले नेपाली सेना र सशस्त्र प्रहरीले बीचमा अन्य पद पनि सिर्जना गरेको छ । तर, नेपाल प्रहरीमा भने त्यस्तो पहल हुन सकेको छैन।

महानगरीय प्रहरी परिसरमा कार्यरत एक प्रहरी हवल्दार छन् । सूचनामा चुस्तता उनको विशेषता हो । उनकै सूचनाका कारण राजधानीमा हुनै लागेका केही ठूला दुर्घटना पनि टरेको छ । जस लिएर उनका हाकिमले पनि फुली थापे । सामाजिक प्रतिष्ठा बढाए । आइजिपी हुने बाटो सुनिश्चित बनाए । तर, हवल्दारको दुःख जहाँको तहीँ छ । उनको वृद्धिविकास रोकिएको १३ वर्ष भयो।

‘फेरिएपछिका हाकिम हाम्रो टाउकोमा बुट बजार्छन् । सूचना झार्छन् । जस आफैँ लिन्छन् । फुली थाप्छन्, सामाजिक प्रतिष्ठा कमाउँछन् । तर, हाम्रो अवस्था जहाँको तहीँ छ । के गर्नु चेन अफ कमान्ड मान्नै प¥यो,’ भद्रगोल वृद्धिविकासप्रति उनले असन्तुष्टि जनाउँदै भने, ‘एसएसपीको बढुवा रोकियो भने तुरुन्तै डिआइजीको दरबन्दी थपिन्छ । डिआइजीबाट एआइजी हुन सकिएन भने रातारात एआइजीको दरबन्दी थपिन्छ । तर, १३ वर्ष भयो हाम्रो बढुवा हुन नसकेको, यसतर्फ कसैको ध्यान गएको छैन।’

सुरक्षाकर्मीको सेवा–सुविधा त कम छ नै, साथै बढुवामा समेत लामो समय लाग्ने भएकाले प्रहरी सेवामा उल्लेख्य आकर्षण बढ्न नसकेको प्रहरी अधिकारीहरू बताउँछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै