होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदेश २ मा कोरोना खोप : मन्त्री र नेताले लगाइसके, स्वास्थ्यकर्मी नै बाँकी
समाचार

प्रदेश २ मा कोरोना खोप : मन्त्री र नेताले लगाइसके, स्वास्थ्यकर्मी नै बाँकी

  • नागरिक रैबार
प्रदेश २ मा कोरोना खोप : मन्त्री र नेताले लगाइसके, स्वास्थ्यकर्मी नै बाँकी

२७ माघ, जनकपुरधाम । स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स चालकसहित कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएकालाई पहिलो चरणमा खोप दिने गरी सरकारले निर्देशिका बनाए पनि प्रदेश २ मा जथाभावी तरिकाले खोप लगाएको पाइएको छ ।

मन्त्री, राजनीतिक दलका नेतादेखि व्यापारीसम्मले यो खोप पहिलो चरणमै लगाएका छन् भने कतै स्वास्थ्यकर्मीले नै खोप लगाउन बाँकी देखिएको छ ।

प्रदेश २ का ८ जिल्लाका ३४ हजार ८ सय ४ जना फ्रन्टलाइनरका लागि पहिलो चरणमा खोप आएकामा हालसम्म २५ हजार ६ सय ३७ जनाले लगाएका छन् ।

खोप शुभारम्भ हुने दिन प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव आफैंले खोप लगाए । यसपछि प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टीका युवा नेता किशोर कुमार यादव ‘केसी’ ले पनि खोप लगाए । यीबाहेक व्यापारी, सरकारी कार्यालयका सवारी चालकसमेतले खोप लगाएका छन् ।

निर्देशिका विपरीत पनि खोप लगाएको पाइएको प्रदेशको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देश विजय झा पनि स्वीकार गर्छन् । ‘यो गलत भएको छ’ उनले भने, ‘निर्देशिका बाहिर जानुहुन्नथ्यो । तर कतिपय ठाउँमा त्यो देखिएको छ । अबका दिनमा यो सुधार हुन्छ ।’

यद्यपी स्वास्थ्यकर्मी नै खोप लगाउन डर मानेको झाको भनाइ छ । खोपले कुनै साइड इफेक्ट गरेको नदेखिएपनि स्वास्थ्यकर्मी लगाउन नमानेकाले अहिलेसम्म पहिलो चरणको खोप कार्यक्रमको लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ । ‘खोपबारेको शंका, उपशंकाका कारण कतिपय स्वास्थ्यकर्मीले लगाउनुभएको छैन’ उनी भन्छन्, ‘दोस्रो चरणमा उनीहरुलाई लगाइन्छ ।’

महोत्तरी र पर्सामा शत प्रतिशतभन्दा बढी

महोत्तरीमा पहिलो चरणमा २ हजार १ सय ९१ जनाले खोप लगाउने भनिए पनि २ हजार २ सय ७५ जनाले खोप लगाएका छन् । पर्सामा ४ हजार ९ सय ७१ जनाका लागि खोप पुगेकामा ५ हजार १ सय १८ जनाले खोप लगाएका छन् ।

कारागारका कैदीबन्दी र बृद्धाश्रममा रहेका व्यक्तिलाई पखोप लगाइएकाले यी दुई जिल्लामा तोकिएको संख्याका भन्दा बढीले खोप लगाएका झाले बताए ।

सप्तरीमा ३ हजार ७ सय ५४ जनाको लागि खोप उपलब्ध भएकोमा ३ हजार ६ सय ९३ जनाले, धनुषामा ९ हजार १ सय ८२ जनालाई लक्षित गरिएकोमा ३ हजार ८ सय ३ जनाले मात्रै खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सर्लाहीमा ४ हजार ७ सय ७२ जनाका लागि खोप उपलब्ध भएकोमा २ हजार ९ सय ७६ जनाले, रौतहटमा ३ हजार ६ सय ९ जनामा २ हजार ५ सय ३९ जनाले र बारामा २ हजार ३ सय ९५ जनामध्ये १ हजार ८ सय ७ जनाले खोप लगाएको निर्देशनालयका निर्देशक झाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ दिन अगाडि

भर्खरै