होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिक्षक र विद्यार्थीमा संक्रमण, पढाइ बन्द
समाचार

शिक्षक र विद्यार्थीमा संक्रमण, पढाइ बन्द

  • नागरिक रैबार
शिक्षक र विद्यार्थीमा संक्रमण, पढाइ बन्द

कञ्चनपुर — शिक्षक र विद्यार्थीसँगै अभिभावकमा समेत कोभिडको संक्रमण पुष्टि भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालय सोमबारदेखि बन्द गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालयका २ शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा संक्रमण पुष्टि भएको हो । उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए ।

‘आइतबार संक्रमण देखिएपछि सोमबारदेखि केही दिनका लागि विद्यालय बन्द गरिएको छ,’ भट्टले भने, ‘शिक्षक, विद्यार्थी र अभिभावक सबै त्रसित भएका छन् ।’ उनका अनुसार संक्रमणपछि कन्ट्र्याक्ट ट्रेसिङमा परेका १० जना शिक्षकमा भने संक्रमण देखिएको छैन । दुई तीन दिनदेखि ज्वरो आइरहेको बालकको स्वाब परीक्षण गर्दा संक्रमण देखिएको थियो । त्यसलगत्तै उनकी आमामा पनि संक्रमण पुष्टि भएको हो ।

विज्ञापन

दोस्रो लहरको कोभिड संक्रमण कम भएपछि विद्यालयहरूमा भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो । तर विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना नगरेकाले जोखिम बढेको छ । सबै स्थानीय तहले प्रधानाध्यापक र निजी विद्यालय सञ्चालकलाई सावधानी अपनाएर पठनपाठन सुचारु गर्न अनुमति दिए पनि विद्यालयहरूले यसको पालना गरेका छैनन् ।

‘सुरुमा विद्यालयले दुई सिफ्टमा पनि पढाइ गरे, मास्क र सेनेटाइजरको प्रयोग पनि गरे,’ भट्टले भने, ‘तर अहिले कतै पनि सावधानी अपनाइएको छैन, मास्कसम्म प्रयोग गरेको देखिदैन ।’ हात धुने व्यवस्थापन र भौतिक दूरी कायम गर्ने विषय त लगभग हराइसकेको उनले बताए ।

कोभिड रोकथामका लागि सरकारले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचामा पनि जिल्लामा संक्रमणको अवस्था हरेर स्थानीय तहको अनुमतिमा अनलाइन वा भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्न सकिने उल्लेख छ । तर स्वास्थ्य मापदण्डहरू भने कतै पनि पालना भएको देखिँदैन । ‘अहिले कतै पनि विद्यालय सञ्चालन कार्यढाँचाको पालना भएको देखिँदैन,’ शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कञ्चनपुरका शाखा अधिकृत राजेन्द्र भट्टले भने, ‘यसको अनुगमन पनि हुन सकेको छैन ।’

उनका अनुसार अघिल्लो महिनासम्म संक्रमण निकै कम देखिएको अवस्थामा सबैले लापरबाही गरेका थिए । स्थानीय तहहरूले विद्यालयहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे नगरेको अनुमगन गरेर विद्यालयलाई कारबाही र बन्द गर्नेलगायत विषयमा पनि सोच्नुपर्ने अभिभावकहरूको सुझाव छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार