होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसदमा एमालेको नारा : ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’
समाचार

संसदमा एमालेको नारा : ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’

  • नागरिक रैबार
संसदमा एमालेको नारा : ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’

काठमाडौं : नेकपा एमाले सांसद्को नाराबाजीकाबीच संसद बैठक सुरु भएको छ। शुक्रबार दिउँसो जारी प्रतिनिधि सभा बैठकमा उनीहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइदैंन भन्दै नाराबाजी गरेका हुन्।

सभामुख अग्नि सापकोटाले जनसरोकारका विषय उठाउनुपर्ने भएकाले बैठक अवरोध नगर्न अनुरोध गरेका छन्। सभामुख सापकोटाले १४ सांसदको सूची सार्वजनिक नगरेको भन्दै पटक पटक संसद अवरोध गर्दै आएको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ।

एमालेले भदौ १ गते नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो। एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार