होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाहुनी गाउँको प्याज सदरमुकाम मार्तडी आईपुग्याे
समाचार

बाहुनी गाउँको प्याज सदरमुकाम मार्तडी आईपुग्याे

  • नागरिक रैबार
बाहुनी गाउँको प्याज सदरमुकाम मार्तडी आईपुग्याे
फाेटाहरु गाेविन्द‍्र सिजापतिकाे फेसवुकवालबाट

नागरिक रैबार
बाजुरा २४ साउन । कृषि ज्ञान केन्द्र बाजुराले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनी गाउँमा उत्पादित प्याज खच्चडमार्फत ढुवानी गराई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगाएतका स्थानीय बजारहरुमा पुगाईएको छ ।

बाउँनी गाउँका ४० भन्दबढी स्थानीयले खेतमा उत्पादन गरेको प्याजलाई कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान सहयोगमा त्यहाँका स्थानीयको घरदैलोबाट सनिवार खच्चडमार्फत प्याज ढुवानी गरी बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा ल्याई पु¥याएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गाविन्द सिजापतिले बताए ।

विज्ञापन


बाढी पहिरोका कारण सडक अबरुद्ध भएपछि खच्चडबाट ढुवानी गर्नु परेको कार्यालय प्रमुख गोविन्द सिजापतिले जानकारी दिनुभयो । खच्चडमार्फत आजै ढुवानी भएको १४ क्वइन्टल प्याज सदरमुकाम मार्तडी आईपुगेको उहाँले बताउनुभएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराले केजीको ५० रुपैँयामा किसानसंँग सम्झौता गरी ढुवानी प्रक्रिया सुरु गरेको उहाँको भनाई रहेको छ । जसमा केजीको ४० रुपंैया किसानले पाउने छन भने १० रुपैँया व्यवस्थापनका लागि छुट्याईएको छ ।


कृषि ज्ञान केन्द्र बाजुरा र स्वामीकार्तिक खापर गाउँपालिका कृषि शाखाको साझेदारीमा ढुवानी भएको प्याजको बजारीकरण भएको छ । घरमा भण्डारण गरी कुहिन थालेको प्याजले बजार पाउने भएपछि त्यहाँका स्थानीय पनि खुशी भएका छन ।

कुईन्टलौँ खेतमा फलेको प्याजले करिब एक महिनासम्म बजार नपाएपछि चिन्तित देखिएका किसानहरु प्याज ढुवानी हुन थालेपछि निकै खुशी देखिएका छन ।

बर्षातले गर्दा बाटो अबरुद्ध भएका कारण बाजुरा जिल्लाबाट बाहिर पठाउन सकिएको छैन । अबको २ तीन दिनमा फेरि प्याज मार्तडी सम्म आउने जानकारी समेत कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै