होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीको बाउली बजार क्षेत्रमा खानेपानीको चरम अभाव
समाचार

मार्तडीको बाउली बजार क्षेत्रमा खानेपानीको चरम अभाव

  • नागरिक रैबार
मार्तडीको बाउली बजार क्षेत्रमा खानेपानीको चरम अभाव

प्रकाश विक/बाजुरा २५ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ र ९ मा रहेको बाउली बजार क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ ।
५१ बढी परिवार बसोबास गर्दै आएको बाउली, अनाई र गणखेतमा अहिले खानेपानीको चरम अभाव भएको हो ।

बाउली बजार क्षेत्रका स्थानीयका लागि निर्माण गरिएको गुनिभर खानेपानीको ट्याकीं माथिबाट सडक निर्माण भएपछि खानेपानीको मुहान पुरिदा सो क्षेत्रका स्थानीयहरुले अहिले खानेपानीको चरम अभाव झेल्दै आएको स्थानीय अम्मर विकले बताएका छन् ।

उनले बडीमालिका नगरपालिकाले बाउली क्षेत्रको खानेपानीको व्यवस्थापनका लागि चासो नदिएपछि बाउली क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु अहिले बाहुली खोलाको दुसित पानी पिउन बाध्य भएका छौं ।

विज्ञापन

बाउली, गणखेत अनाईका स्थानीयका लागि भन्दै २०७६ सालमा बडीमालिकाबाट २ लाख ६५ हजार ६ सय १७, सहास नेपालको २ लाख ८८ हजार ८ सय ९ र हातेमालो कृषक समूह बाउलीको श्रमदान ४ लाख ९७ हजार ६ सय ५५ गरी करिव १० लाखको कुल लागतमा गुनिभिर खानेपानी योजना निर्माण गरिएको थियो । बाउली क्षेत्रमा खानेपानीको उपभोक्ताहरु जनजाति, दलित र गैरदलित समुदाय गरी ५१ परिवार बसोबास गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै