होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आवश्यक परे मुख्यमन्त्री भट्टलाई नै विश्वासको मत दिने कांग्रेसको निर्णय
समाचार

आवश्यक परे मुख्यमन्त्री भट्टलाई नै विश्वासको मत दिने कांग्रेसको निर्णय

  • नागरिक रैबार
आवश्यक परे मुख्यमन्त्री भट्टलाई नै विश्वासको मत दिने कांग्रेसको निर्णय

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसले भट्ट नेतृत्वकै सरकारलाई साथ दिने निर्णय गरेको छ ।

विश्वासको मत माग्ने क्रममा सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट ।
कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको सांसद टेकबहादुर रैकाले बताए । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेससँग १२ मत छ । कांग्रेसको यो निर्णयपछि मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन मतसंख्यामा कमी नहुने अवस्था बनेको छ ।

 

मुख्यमन्त्रीलाई विश्वासको मत लिन २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेको छ । अहिले मुख्यमन्त्री भट्टले प्रदेशसभामा सम्बोधन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै