नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रचारात्मक नारा तय भएको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको चौथो पूर्ण बैठकले “काँग्रेसमा उत्साह, एकता, रूपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन” तय गरेको हो ।
विभागका प्रमुख एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको “चिन्तन चौधौँ महाधिवेशन” कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । सिद्धान्त, विचार, देश, काँग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रूपान्तरणका दर्जन बढी विषयमा ‘प्यानल डिस्कसन’ गरिने बताइएको छ ।
‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिइएको छ । कार्यक्रम तयारी र व्यवस्थापनका लागि अन्य विभिन्न उपसमिति गठन गरिएका छन् । कार्यक्रमको एक साता पूर्व मिति सार्वजनिक गरिने छ ।
त्यस्तै, प्रविधि मैत्री काँग्रेस अभियान निरन्तरता क्रममा NC WIN (Nepali Congress Widely Information Network) गठन गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु