होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विभाजित दल रोज्न जनप्रतिनिधिलाई आज अन्तिम दिन
समाचार

विभाजित दल रोज्न जनप्रतिनिधिलाई आज अन्तिम दिन

  • नागरिक रैबार
विभाजित दल रोज्न जनप्रतिनिधिलाई आज अन्तिम दिन

काठमाडौं। विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिँदैछ। राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बाट लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० निर्वाचन आयोगमा दर्ता भएका थिए।

निर्वाचन आयोगमा उपस्थित भएर एमाले र जसपाका सांसद र केन्द्रीय सदस्यह?ले सनाखत गरेसँगै निर्वाचन आयोगले दुई नयाँ दललाई मान्यता दिएको थियो।

केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा दल विभाजन गर्न सकिने अध्यादेशमा स्थानीय तह र प्रदेशका जनप्रतिनिधिलाई २१ दिनसम्म दल रोज्न पाउने व्यवस्था थियो। (एकीकृत समाजवादी) र (लोकतान्त्रिक समाजवादी पार्टी) ले आयोगमा भदौ २ गते दर्ताको दल निवेदन दिएका थिए। सोही अनुसार आयोगले दर्ताको निवेदन आएको मितिदेखिको समय छुट्याएको थियो।

विज्ञापन

निर्वाचन आयोगमा उपस्थित भएर एमाले र जसपाका सांसद र केन्द्रीय सदस्यहरुले सनाखत गरेसँगै निर्वाचन आयोगले दुई नयाँ दललाई मान्यता दिएको थियो।आयोगका अनुसार आजसम्ममा प्रदेश र स्थानीय तहका जनप्रनिधिले पुरानो दलबाट विभाजित भएर बनेको दल नरोजे पछि रोज्न चाहेमा दल त्याग गरेको ठहरिने छ। र, उक्त दलले कारबाही गर्न सक्नेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार