होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहमन्त्रीको दौडमा कर्ण थापा
समाचार

गृहमन्त्रीको दौडमा कर्ण थापा

रावललाई काउन्ट दिन ओलीले निर्णय लिनसक्ने

  • नागरिक रैबार
गृहमन्त्रीको दौडमा कर्ण थापा

काठमाडौं, २४ जेठ । गृहमन्त्री बन्न नेकपा एमालेका प्रभावशाली नेताहरुबीच दौड तिव्र भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै राखेको गृह मन्त्रालयको जिम्मेवारी विश्वासपात्रमध्येलाई दिने चर्चा चलिरहँदा दौड तिव्र भएको हो ।

गृहमा सबैभन्दा बलियो दाबेदार महेश बस्नेत देखिएका छन् । उनले ओलीको सत्ता संकट टार्न निकै जोखिम उठाएर भूमिका निभाइरहेका छन् ।ओलीका विश्वासपात्रमध्येका कर्ण थापा पनि गृहमन्त्रीको दौडमा देखिएका छन् ।

थापा ओलीले रुचाएका नेता हुन् । विगतमा पनि मन्त्री बनिसकेका थापा सुदूरपश्चिम प्रदेशमा एमालेका इञ्चार्ज छन् । माधव नेपाल समूहका भीम रावल उक्त क्षेत्रमा प्रभावशाली छन् । रावललाई काउन्टर दिनका लागि पनि थापालाई गृहमन्त्री बनाउने चर्चा ओली समूहका प्रभावशाली नेताहरुमा चर्चा चलेको छ ।

यसैगरी, गृहमन्त्रीमा एमाले नेता खगराज अधिकारीको पनि चर्चा छ । विष्णु पौडेललाई अर्थ मन्त्रालयबाट गृहमा सारेर लाने सम्भावना पनि रहेको छ । सुरेन्द्र पाण्डेसहितका नेताहरु माधव नेपाल समूह छाडेर आएमा अर्थमा लानेमा ओली सकारात्मक रहेको बुझिएको छ । रिपोटस नेपालबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि