होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका ७ मा जंगली बँदेल आतंक, आलुबाली सखाप
Breaking News

बडीमालिका ७ मा जंगली बँदेल आतंक, आलुबाली सखाप

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका ७ मा जंगली बँदेल आतंक, आलुबाली सखाप

नागरिक रैबार/बाजुरा २४ जेठ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ आलु बालीको पकेट एरियाका रुपमा परिचित वडा हो । वडामा जिल्ला भरीकै सवैभन्दा बढी आलु उत्पादन हुने गर्दछ् । यहाँका कृषकहरुले पनि आलु उत्पादन राम्रो हुने भएपछि जमिनमा अन्य बालीको तुलनामा आलुबाली नै बढी लगाउने गर्दछन् ।

यस वर्ष पनि वडामा आलुको उत्पादन विगतको भन्दा राम्रो हुने कृषकहरुले आशा गरेका थिए । तर आलु भित्र्याउने समयमा जंगली बँदेलले दिनप्रतिदिन आलुबाली सखाप पार्न थालेपछि कृषकहरु भने यतिबेला चिन्तित बनेका छन् ।

जंगली बँदलले ढम्कने, रजातोली, माउलेख र खिरिडो लगायतका क्षेत्रमा कृषकहरुले लगाएको आलुबाली सखाप हुने गरी नष्ट गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।उनले भने केही दिन यता गाउँमा कृषकहरुले लगाएको अर्गानिक आलुलाई जंगली बँदेलको बथाननै आएर आलुका बोटहरु उखेलेर नष्ट पारेको छ ।

विज्ञापन

बडीमालिका ७ मा मात्रै ८ देखि १० हेक्टर क्षेत्रफलमा अर्गानिक आलु उत्पादन हुने गर्दछ । यसरी जंगली जनावरले कृषकले वर्षभरीको लागि लगाएको आलुबाली सखाप पार्दा समेत जंगली जनावरको नियन्त्रणका लागि सम्वन्धित निकायहरुले वेवास्ता गरेको स्थानीयको गुनासो छ ।

आलु खेतीका लागि उर्वर भूमिका रुपमा चिनिएको बडीमालिका ७ नम्बर वडाको ढम्कने क्षेत्रमा २०७६ सालमा पहिलोपटक आलु महोत्सवको आयोजना गरेको थियो । बाजुराको बडीमालिका ७ लाई कृषि विज्ञ केन्द्र बाजुराले पहिलेदेखि नै आलु खेतीको पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ भने नगरपालिकाले पनि आलु उत्पादन क्षेत्रकै रुपमा सो वडालाई लगानी गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै