होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीलाई नेपालपक्षको जवाफ- प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्छ
समाचार

ओलीलाई नेपालपक्षको जवाफ- प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्छ

  • नागरिक रैबार
ओलीलाई नेपालपक्षको जवाफ- प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्छ

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान लिएका छन्। ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा नेपालपक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए। तर, नेपालपक्षले ओलीको उक्त सर्तबमोजिम हस्ताक्षर फिर्ता नलिने भएका हुन्।

ओेलीले आफ्नो वक्तव्यमार्फत् पार्टीलाई जेठ ३ गरेको पूर्ववत् अवस्थामा फर्काउन तयार भएको विषयलाई लिएर बसेको नेपालपक्षको बैठकले त्यस्तो हुन नसक्ने भन्दै अस्वीकार गरेको हो।

ओलीको जवाफ लिखितरुपमा दिनेक्रममा नेपालपक्षले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न नसक्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए।‘हामीलाई केपी कमरेडले सर्वोच्चमा देउवाजीलाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्छ भन्नुभएको छ। अब कसरी त्यो हस्ताक्षर फिर्ता लिन सकिन्छ?,’ भुसालले भने, ‘हामीले गरेको हस्ताक्षर फिर्ता लिए केपी कमरेडले प्रतिनिधि सभा विघटन गल्ती थियो भनेर फिर्ता लिनुपर्छ। तबमात्रै फिर्ता लिन्छौं।’

विज्ञापन

यदि ओलीले प्रतिनिधि सभा विघटन गर्नु गल्ती भएको भन्दै फिर्ता लिए आफूहरुलाई हस्ताक्षर फिर्ता लिन कुनै समस्या नभएको उनले बताए। नेपालपक्षले लिखित जवाफ केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि