नागरिक रैबार/बाजुरा २५ माघ । गत पुस ५ गते नेपालको संविधानको ठाडो उलंघन गरि असंवैधानिक अलोकतान्त्रिक एंव स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै अनेमसंघ बाजुरा संघर्ष समितिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रचण्ड-माधव समुहको अखिल नेपाल महिला सघं बाजुरा संघर्ष समितिले आइतबार बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैर्हे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे हो ।
प्रधानमन्त्री केपी ओलीले गरेको असम्बैधानिक कदमका बिरुद्ध अखिल नेपाल महिला सघंले आज देशभर एकै साथ ७७ ओटै जिल्लामा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
फेसबुक प्रतिक्रियाहरु