होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपति समक्ष प्रधानमन्त्रीले पेश गरे सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन
समाचार

राष्ट्रपति समक्ष प्रधानमन्त्रीले पेश गरे सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन

  • नागरिक रैबार
राष्ट्रपति समक्ष प्रधानमन्त्रीले पेश गरे सरकारका काम र उपलब्धिसहितको प्रतिवेदन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६/०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेश गरेको सहायक प्रवक्ता घिमिरेले जनाएका छन् । सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै