होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ४
  • पश्चिमी वायुको सामान्य प्रभाव : उच्च भू-भागमा हिमपात
प्रदेश ४

पश्चिमी वायुको सामान्य प्रभाव : उच्च भू-भागमा हिमपात

  • नागरिक रैबार
पश्चिमी वायुको सामान्य प्रभाव : उच्च भू-भागमा हिमपात

काठमाडौं : नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा देशको केहि पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ र बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख छ।

बिहीबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश र प्रदेश नं १ को उच्च पहाडि तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टा सुदुरपश्चिम प्रदेश र प्रदेश नं १ को उच्च पहाडि तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देश भर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।’

विज्ञापन

राति प्रदेश १ र सुदुर-पश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागमा मा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

शनिबार प्रदेश १, प्रदेश नं २, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार