नागरिक रैबार
बाजुरा २० मंसिर। अटो दुर्घटना परि घाइते भएका एक युवक लाई डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।आइतवार दिउँसो ५ः३० बजे तिर बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परि घाइते भएका भिम खत्रीलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरामा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
घाइते खत्रीको टाउको र खुट्टामा गम्भिर चोट लागेको र भित्रि शरिरमा पनि चोट लागेको हुन सक्ने भएकोले रिफर गरिएको अस्पतालले जनाएको छ ।
घाइते युवक बुढीगंगा नगरपालिका–१ का स्थानिय रहेका छन् । उक्त दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भइसकेको थियो ।
फेसबुक प्रतिक्रियाहरु