काठमाडौं, मंसिर २० । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।


मंगलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


























![बाजुरामा एमालेकाे जिल्ला स्तरीय जनसभा [तस्बीरहरु]](https://i0.wp.com/nagarikraibar.com/wp-content/uploads/2025/11/cpnuml-2082.jpg?resize=150%2C145&ssl=1)


























फेसबुक प्रतिक्रियाहरु